दुर्घटनाबाट जीप चालक हेटौंडाका तामाङको मृत्यु

२०७६ आश्विन ७,मंगलवार १४:३९

मनाङ, ७ असोज । मनाङमा आज (मंगलबार) भएको जीप दुर्घटनामा परी हेटौँडाका विशाल तामाङको मृत्यु भएको छ ।

मनाङको ङिस्याया गाउँपालिका वडा–२ घ्यारुमा मंगलबार बिहान ग १ ज ७२७८ को बोलेरो जीप पल्टिँदा सवारी चालक तामाङको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक तामाङ हेटौडा घर भई करिब २ वर्षदेखी बेसिसहर मनाङ रोडमा सवारी चलाउँदै आएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*