नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्झौता पत्रमा हस्ताक्षर

२०७६ आश्विन ७,मंगलवार १३:४३

काठमाडौँ, ७ असोज । चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सहयोग आदानप्रदान गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मङ्गलबार काठमाडौको एक होटलमा भएको कार्यक्रममा नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको थियो ।
अध्यक्षको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्झौतापत्रमा हस्ताक्षरपछि हस्तान्तरण गरिएको थियो ।

नेकपाको निमन्त्रणमा चिनियाँ कम्युनिस्ट पार्टी सोङ ताओ नेतृत्वको टोली सोमबार काठमाडौ आएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*