विप्लव माओवादीका जिल्ला इञ्चार्ज पौडेलसहित दुई पक्राउ

२०७६ आश्विन ७,मंगलवार १३:१९

काठमाडौं, ६ असोज । इटहरीस्थित सुष्मा गोदावरी कलेजमा बम बिस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव माओवादीका सुनसरी इञ्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले इटहरी उपमहानगरपालिका ५ स्थित पँचरुखीबाट सुनसरी जिल्ला इञ्चार्ज तथा मेची कोसी ब्युरो लक्ष्मण पौडेल र सुनसरी जिल्ला सेक्रेटरी तथा मेची कोसी ब्युरो राजेन्द्रसिंह विष्टलाई पक्राउ गरेको हो ।

उनीहरूलाई को ३९ प १५९८ नम्बरको मोटरसाइकलमा सवार गर्दैगर्दा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

उनीहरुले इटहरी ९ को सुष्मा गोदावरी कलेजमा भदौ २० गते राति साढे बाह्र बजे बम बिस्फोट गराइएको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका उनीहरुलाई बम बिस्फोट, हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*