हेटौँडा अस्पतालमा ज्वरो आएका बिरामीको छुट्टै र निःशुल्क उपचार गरिने

२०७६ आश्विन ७,मंगलवार ०९:५४

मकवानपुर, ६ असोज । हेटौँडा अस्पतालमा ज्वरो आएका बिरामीको निःशुल्क उपचार हुने भएको छ ।

हेटौडाको बजार क्षेत्रमा डेंगु संक्रमण बढिरहेको हुँदा सोमबार उपमहानगरपालिकामा अस्पतालसहित बसेको व्यवस्थापन बैठकले उक्त निर्णय गरेको हेटौडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिए ।

बैठकले आज मंगलबारबाट लागू हुने गरी हेटौँडा अस्पतालमा ज्वरो आएका बिरामीलाई निः शुल्क उपचार गरिनुका साथै डेंगु संक्रमण सम्बन्धि जानकारी गराउने उद्देश्यसहित ज्वरो उपचार क्लिनिकको व्यवस्था गरिएको संयोजक कार्कीले बताए ।

सोमबार बसेको बैठकले ज्वरो आएमा हेटौडा अस्पताल आएर उपचार गराउन आग्रह गर्दै प्रत्येक टोल विकास संस्थाले हप्ताको १ दिन सरसफाई अभियान चलाइने निर्णयसमेत गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*