कार्टुन उद्योगमा आगलागी

२०७६ आश्विन ७,मंगलवार ०९:३८
file photo

भरतपुर, ७ असोज । भरतपुर महानगरपालिका–४, दुर्गाचोकमा रहेको कार्टुन उद्योग (युनाईटेड प्याकेजिङ प्रालि) मा आज मंगलबार विहान आगलागी भएको छ ।

विहान करिव १ बजेबाट लागेको आगो अहिलेसम्म पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

आगोलागीबाट उद्योगमा ठुलो क्षति भएको छ । अन्यत्र आगो फैलिन भने रोकिएको छ । चट्याङले विद्युतको तार सर्ट भई आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*