हेटौंडा हुँदै देशको विभिन्न भागमा आउजाउ गर्ने यात्रुको सहजताका लागि हेल्प डेस्क स्थापना

२०७६ आश्विन ७,मंगलवार ०९:२६

चाडपर्व लक्षित गररे हेटौंडा हुँदै देशको विभिन्न भागमा आउजाउ गर्ने यात्रुको सहजताका लागि हेल्प डेस्क स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा बसपार्क र हेटौंडा–१, चौकीटोलस्थित सुमो पार्कमा यात्रुहरूको सहजताका लागि यात्रु सहायक कक्ष स्थापना गरको हो ।

दसैं र तिहार लक्षित गर्दै नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न योजनासमेत बनाएको कार्यालयले जनाएको छ । ‘हामी विशेष गरी राजमार्ग सुरक्षामा बढी ध्यान केन्द्रित गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भटराईले भने ।

चार्डपर्वको बेलामा यात्रा गर्ने यात्रुलाई विभिन्न प्रकारको समस्याको सामना गर्नुपर्ने भएकाले सहज वातावरण बनाउन यात्रु सहायकता कक्षले मदत गर्ने बताए । उनका अनुसार जिल्लाको इन्ट्री पोइन्टमा प्रहरी गस्ती गरिने, राजमार्गको हुमानेदेखि चौकिटोलसम्म र चुरियामाईदेखि लोथरसम्म २४ सैं घण्टा नै प्रहरीको निगरानी राखिने बताए ।

‘विगतका दिनहरूमा चाडपर्वको समयमा राजमार्गहरूमा सवारी लुट्ने गरको देखिन्छ । त्यसकारण राजमार्ग सुरक्षा हाम्रो विशेष चासो हुने छ,’ उनले भने । पूर्व–पश्चिम राजमार्ग, धरान–चतरा सडक, हेटौंडा–सिस्नेरी–काठमाडौं, हेटौंडा–फाखेल–काठमाडौं, कान्तिलोकपथ लगायत सडक सञ्जालसँग हेटौंडा जोडिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*