समावेशी सुरक्षित विद्यालय भवनको अनुगमन

२०७६ आश्विन ७,मंगलवार ०९:१२

मकवानपुर, ७ असोज । हेटौंडा उपमहानगरपालिकाका चार विद्यालयमा निर्माण गरिएको भौतिक संरचनाहरुको अनुगमन गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राडो नेपालले सञ्चालन गरेको समावेशी सुरक्षित विद्यालय प्रवद्र्धन कार्यक्रम अन्तरगत निर्मित भौतिक संरचनाको अवलोकन तथा अनुगमन गरिएको हो ।

हेटौंडा १४ मयुरधापस्थित जनज्योति माध्यमिक विद्यालय, हेटौंडा १५ स्थित जनजागृती माध्यमिक विद्यालय, चुरियामाई माध्यमिक विद्यालय र हेटौंडा ५ स्थित बालज्योति माध्यमिक विद्यालयमा निर्माण भएको ईन्सीनेटरसहितको छात्रा शौचालय, खानेपानीको ट्याङ्की, युरो गार्ड, हात धुने ठाउँ, अर्थिङ्ग लगायतको अवलोकन गरिएको थियो ।

अनुगमन टोलीमा कोष तथा लेखा नियन्त्रण कार्यालय, हेटौंडाका प्रमुख नारायण दत्त शर्मा, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रीबहादुर पाठक, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, प्लान ईन्टरनेश्नल इकाई कार्यालय मकवानपुरका प्रमुख बसन्तकुमार श्रेष्ठ, राडो नेपालका अध्यक्ष कृष्ण धिताल लगायतको सहभागिता रहेको थियो ।

हेटौंडा उपमहानगरपालिकाका ८ र ईन्द्रसरोबर गाउँपालिकाका २ गरी दश विद्यालयमा सञ्चालित कार्यक्रम अन्तरगत विपद् व्यवस्थापन सम्बन्धी तालिमहरु सञ्चालन गरिएको संस्थाले जनाएको छ


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*