नवलपरासीमा सवारी दुर्घटना, मकवानपुरका तिमल्सीनासहित ६ जनाको मृत्यु

२०७६ आश्विन ७,मंगलवार ०८:५०

मकवानपुर, ७ असोज । नवलपरासीमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा परी मकवानपुरका लक्ष्मण तिमील्सिनासहित ६ जनाको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, पूर्व पश्चिम राजमार्गमा गएराति सवारी दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ ।

गएराति पूर्वी नवलपरासीको कावासोती–८ खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नंको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नंको कार एक आपसमा ठोक्किँदा कारमा सवार ५ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको हो । बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन ।

यस्तै गएराति नै नवलपरासीको मध्यविन्दु नगरपालिका–१०, स्थित जंगलमा दाङ्गबाट काठमाडौंका लागि छुटेको ना ७ ख ८६ ४२ नम्बरको बस आफै अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनाबाट बस चालक मकवानपुर घर भएका ३५ वर्षिय लक्ष्मण तिमील्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परी १५ जना घाईते भएका छन् । उनीहरुका नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*