मकवानपुरमा सवारी दुर्घटना, मोटरसाईकल चालकसहित दुई जना घाईते

२०७६ आश्विन ६,सोमबार १६:२१

मकवानपुर, ६ असोज । मकवानपुरको बकैया गाउँपालिका–३ हात्तीसुडेमा आज (सोमबार) मोटरसाईकल दुर्घटना भएको छ ।

दुर्घटनामा परी मोटरसाईकल चालक बकैया गाउँपालिका–३ बस्ने २३ वर्षीय दिपेश विक र मोटरसाईकल सवार २२ वर्षीय रावल विक घाईते भएका छन् ।

तिव्र गतिमा रहेको ना ३२ प १४२४ नम्बरको मोटरसाईकल बकैया पुलमा ठोक्किएर दुर्घटना हुँदा उनीहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, घाइते दुबै जनाको चुरेहिल अस्पताल उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्ययम रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*