मकवानपुरको सरकारी कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने

२०७६ आश्विन ६,सोमबार १५:२७

मकवानपुर, ६ असोज । मकवानपुरको सरकारी कार्यालयका कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक तथा टुईटर चलाउन नपाउने भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको आईतबार बसेको ५० औं बोर्ड बैठकले सो निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

यस्तै बैठकले आउँदै गरेको बडा दशै, तिहार, छठलगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

बैठकले असोज १४ गते शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने जनाईएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*