मकवानपुरका एक युवक राप्ती खोलामा मृत फेला

२०७६ आश्विन ६,सोमबार १४:०३

मकवानपुर, ६ असोज । मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैयाको झोलुङ्गे पुलमुनी खोलामा थाहा नगरका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

थाहा नगरपालिका वडा नं ३ स्थित डाँडागाउँका अनिल बिष्ट आईतबार राप्ती खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिष्ट यता कहिले र किन आए भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पताल पठाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*