मकवानपुरमा डेंगु रोगको प्रभाब बढ्दो, बिरामीको संख्या १ हजार नाग्यो

२०७६ आश्विन ५,आईतवार १८:३५

मकवानपुर, ५ असोज । मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा डेंगु रोगको प्रभाब बढ्दो छ । डेंगु रोगको नियन्त्रण गर्ने प्रयास भइरहेको पनि बिरामीको संख्या घट्ला भन्दा झन बढ्दै गएका छन् ।

स्वास्थ्य कार्यालय मकवानपुरले दिइएको जानकारी अनुसार, आज (आईतबार) साँझसम्म मकवानपुर जिल्लामा डेंगु रोगबाट संक्रमित बिरामीको संख्या १ हजार १ सय ७५ पुगेकोे छ ।

डेंगु रोगबाट संक्रमित ७० प्रतिशत बिरामीहरुको काठमाडौं, ललितपुर, भरतपुर र हेटौँडाको विभिन्न अस्पतालमा गरी बिरामीहरुको उपचार भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले बताए ।

उनले ३० प्रतिशत डेंगु रोगका बिरामीहरु चिकित्सकको सल्लाहा अनुसार घरमै उपचार गरिरहेका पनि जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*