कपास उद्योगमा आगलागी हुँदा २५ लाखको क्षति

२०७६ आश्विन ५,आईतवार १३:०७

भक्तपुर, ५ असोज । सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आइतबार (आज) विहान आगलागी भएको छ ।

भोजपुरकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ बजे सल्किएको उद्योगमा आगलागी भएको हो ।

के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो ।

काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमीले जानकारी दिएको छ ।

आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान गरी रु २५ लाख बराबरको क्षति भएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*