बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७६ आश्विन ५,आईतवार १२:४५

काठमाडौं, ५ असोज। नारायणगण–मुग्लिन सडकखण्डमा गएराति काठमाडौंबाट रोल्पा जाँदै गरेको ना ४ ख २६०७ नंको बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

उक्त बसले ठक्कर दिँदा उदयपुरको गाईघाट स्थायी ठेगाना भएका ४५ वर्षीय रामप्रसाद राजधामीको मृत्यु भएको । राजधामी भरतपुर महानगरपालिका २९ मा मजदुरी गर्दै आइरहेका थिए ।

शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*