माछा मार्ने क्रममा पोखरीमा डुबेर सुबेदीको मृत्यु

२०७६ आश्विन ५,आईतवार १२:२१

महोत्तरी, ५ भदौ । महोत्तरीको बर्दिवास नगरपालिका–१२, बिजलपुरा चल्कीटोलको पोखरीमा डुबेर गएराति एक महिलाको मृत्यु भएको छ ।

पोखरीमा डुबेर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ घर भएका केदार प्रसाद पराजुलीकी ३० बर्षिय श्रीमती मिना सुबेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिना र केदार लामो समयदेखी पेशाले पोखरीमा माछा मार्ने काम गर्दै आएका थिए । माछा मार्ने क्रममा पोखरीमा डुबेर मिनाको मृत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमको लागि जनकपुर अंचल अस्पताल लगिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*