पहिरोका कारण मकवानपुरको विभिन्न स्थानमा बाटो अवरुद्ध

२०७६ आश्विन ५,आईतवार ०९:२६

मकवानपुर, ५ असोज । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा वर्षासँगै आएको पहिरोको कारण बाटो अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी–कोगटे जाने बाटोमा वर्षासँगै माथिबाट खसेको पहिरोका कारण भीमफेदी–कोगट जाने बाटो अवरुद्ध भएको छ ।

बाटो अवरुद्ध भएसँगै भीमफेदी–कोगटे जाने सवारीसाधन पनि बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए ।

त्यस्तै आज नै वषाको कारण मकवानपुरको बकैयाँ गाउँपालिकाको सिमात नजिकै पहिरो जाँदा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, दुबै स्थानमा पहिरो हटाउने कार्य भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*