हेटौँडामा ‘एक कल समस्या हल योजना’ सुरु

२०७६ आश्विन ५,आईतवार ०९:००

मकवानपुर, ५ भदौ । मकवानपुरमा विगत तीन वर्षदेखि जब प्लेस्मेन्टको काम गर्दै आएको नेशनल वर्कस सप्लायर्स प्रालिले हेटौँडामा ‘एक कल समस्या हल योजना’ सुरु गरेको छ ।

मकवानपुरमै पहिलोपटक सुरु गरिएको “एक कल समस्या हल योजना” ले उपभोक्ताहरुको ब्यस्त जीवनशैलि,समयको अभाव उपभोक्ताहरु माझ छिटो भन्दा छिटो र सर्वसुलभ मूल्यमा घरदैलोमा सेवा तथा सुविधा पुर्याउने उद्देश्यले सुरु गरिएको नेशनल वर्कस सप्लायर्स प्रालिका संचालक सविन लामाले बताए ।

उनका अनुसार, सप्लायर्सले ‘एक कल समस्या हल योजना’ मा तीन आकर्षक शिल्भर,गोल्डेन,डाइमण्ड प्याकेजहरु ल्याएको छ । जसमा पहिलो प्याकेज शिल्भर प्याकेज रहेको छ । मासिक रु ९९ पर्ने यस प्याकेजमा इलेक्ट्रिक वाईंरिङबाट हुने सम्पूर्ण समस्याको समाधान साथै विजुलिको महशुल घरदैलो सेवा रहने संचालक लामाले बताए ।

यस्तै दोस्रो प्याकेजमा गोल्डेन प्याकेज रहेको छ । मासिक रु ९९ नै पर्ने यस प्याकेजमा प्लम्बिङ सम्वन्धि समस्या समाधानको साथै पानीको महशुल भुक्तानी घरदैलो सेवा रहेको छ ।

यस्तै मासिक रु १७९ पर्ने तेस्रो डाइमण्ड प्याकेजमा शिल्भर र गोल्डेन प्याकेज दुबैमा पाईने सेवा तथा सुविधा पाईने बताईएको छ ।

सप्लायर्सले तीन वटै प्याकेजहरु वार्षिक रुपमा लागु गर्ने जानकारी दिँदै एक वर्षको एकैपटक रकम भुक्तानी गर्नेलाई विशेष छुटको व्यवस्था रहेको जनाएको छ । आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*