नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत छलफल हुने

तु खबर संवाददाता
२०७६ आश्विन ५,आईतवार ०८:१०

नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ । नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेकपाका स्थायी समिति सदस्य एवं स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता रहने छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग, स्कुल विभाग, सङ्गठन विभागका केही नेता नेपाल आइपुगेका छन् भने विदेश विभाग प्रमुख सोङ ताओ शनिबार आइपुग्ने उपप्रमुख देवेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाको तर्फबाट कार्यपत्र प्रस्तुत हुने छ । पौडेलले भने, “प्रतिनिधिहरूले आआफ्ना पार्टीका कुरा अदानप्रदान गर्ने कार्यक्रम छ । ’’ कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट तीन जना र नेकपाका तर्फबाट तीन जनाले मुख्य अवधारणा राख्ने तयारी छ ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम उद्घाटन गर्नुहुने छ भने कार्यक्रमको अध्यक्षता स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले गर्नेछन् । अन्तरक्रिया कार्यक्रम सैद्धान्तिक विषयमा केन्द्रित हुने बताइएको छ ।

गोरखापत्र दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*