नेकपा मकवानपुरगढी गाउँ कमिटीको सपथ ग्रहण

तु खबर संवाददाता
२०७६ आश्विन ४,शनिबार १६:०४

नेपाल कम्यूनिष्ट पार्टी नेकपा मकवानपुर गढी गाउँकमिटिको सपथ ग्रहण एवम् शुभकामना आदानप्रदान कार्यक्रम आज भएको छ ।

कार्यक्रम नेकपा गाउँ कमिटी अध्यक्ष रामजी साकोटाको अध्यक्षता तथा नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो ।

पूर्वघोषित नेकपा मकवानपुरगढी गाउँ कमिटिको ७५ सदस्सीय पदाधिकारीहरुलाई केन्द्रीय सदस्य न्यौपानेले सपथ गराएका हुन् ।

कार्यक्रममा प्रदेश सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, नेता रामेश्वर राना, नेकपा सचिवालय सदस्य बिष्णु दाहाल, भगवती पुडासैनी, जीवन गोले, जिल्ला सदस्य तेजप्रसाद लम्साल,बिदुर हुमगाई, चन्द्र योञ्जन, मदन दाहाल लगायतकाको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*