आदिवासी जनजाति महासंघमा गुरुङको नेतृत्व

२०७६ आश्विन ४,शनिबार ०८:४९

मकवानपुर, ४ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । हेटौंडामा भएको तेस्रो अधिवेशनले जंगबहादुर गुरुङ्गको अध्यक्षतामा १२ सदस्सीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा खेमबहादुर चेपाङ, लिलाकुमार घलान र शिलु कुमाल, सचिवमा भीम भुजेल, कोषाध्यक्षमा पदमराज राई, सहसचिवमा बिसलाल खड्गी, सीसम माझी र एकबहादुर आले मगर तथा सदस्यहरुमा हरिलाल चौधरी, बिरबहादुर बोटे, प्रल्हाद राई दनुवार रहेका छन् ।

कार्यक्रम नेफिन मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगरको सभाध्यक्षता तथा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ‘आलु र तामा हजुर’ गितका गायक एवं लोकगायक सोमबहादुर लामालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेफिन मकवानपुरका सचिव कृष्णशरण जोशीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष खेमबहादुर चेपाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*