राक्सिराङ गाउँपालिकाले डेंगुका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने

२०७६ आश्विन ३,शुक्रबार १७:२६

मकवानपुर, ३ असोज । मकवानपुरको राक्सिराङ गाउँपालिकाले डेंगु रोगका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले डेंगु रोग लागेको प्रमाणित भएमा बिरामीलाई जनही रु तीन हजारका दरले उपचार खर्च उपलब्ध गराउने घोषणा गरेको हो ।

उक्त गाउँपालिकामा अस्पताल नभएको कारण बाध्य भएर जिल्ला अस्पतालमा बिरामी लानु परेकाले सो रकम उपलब्ध गराउनु परेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*