बालबालिकाहरुले राष्ट्रको स्वतन्त्रता र राष्ट्रियताप्रति पहरेदारको भूमिका निर्वाह गर्न मन्त्री दुलालको आह्वान

२०७६ आश्विन २,बिहीबार १६:३८

मकवानपुर, २ असोज । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बालबालिकाहरुले उच्च शिक्षाको अध्ययनपश्चात राष्ट्रको स्वतन्त्रता र राष्ट्रियताप्रति पहरेदारको रुपमा भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

बिहिबार (आज) संविधान दिवसको अवसरमा प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा विकास निर्देशनालयद्वारा आयोजित जिल्लास्तरीय मावि वतृत्वकला प्रतियोगिताको शुभारम्भ गर्दै मन्त्री दुलाले सो कुरा बताएका हुन् ।

मन्त्री दुलालले प्रदेशको दुर्गम भेगमा स्वास्थ्य र शिक्षाको गुणस्तरीय विकासको लागि प्रदेश सरकारले आफ्नो नीति कार्यक्रमअन्तरगत स्वीकृत भएका योजनाहरुलाई कार्यान्वयन गर्दै लगिएको र प्रत्यक्ष त्यसको लाभ स्थानीय जनताले उपयोग गर्ने बताए ।

सो अवसरका मन्त्री दुलालले जिल्लाको मावि स्तरीय वतृत्व प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद पाँच हजार, तीन हजार र दुई हजारसहित प्रमाणपत्र वितरण गरेका थिए ।

‘संविधानमा बालबालिकाहरुको अधिकार सुरक्षित गर्नको लागि हाम्रो भूमिका’ विषयक वतृत्वकला प्रतियोगितामा मकवानपुरका १४ वटा माविका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उच्चस्तरीय प्रदेश परीक्षा बोर्डका प्रमुख कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा ३ सदस्यीय मुल्याङकन समिति गठन गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*