लागूऔषधसहित ७ जना पक्राउ

२०७६ आश्विन २,बिहीबार १५:२०

काठमाडौं, २ असोज । अवैध लागूऔषधसहित दुई छुुट्टछुट्टै दुई स्थानबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । काठमाडौंको शान्तिनगर र गोकर्णेश्वरबाट लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ५ हजार ५२६ एम्पुल नियन्त्रित मनोद्विप पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका–३१ शान्तिनगरबाट बुधबार अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको ग्रीन पेलेस डुमरवाना–२० बैरगनीयाका ३७ वर्षीय राजा कुणा, बेल बैरगनीया–२० का ३२ वर्षीय राजेशकुमार जयसवाल र अशोगी–४ पुरुषोत्तमपुरका ३७ वर्षीय अभिषेककुमार जयसवाल रहेका छन् ।

उनीहरुलाई ब्यूरोको टोलीले भारतीय नम्बर प्लेटको बीआर ३० ८६०७ नम्बरको स्कारपियो गाडीसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट चामल र पिठोमा लुकाइ राखेको १०४७ एम्पुल डाइजेपाम, १०३७ एम्पुल नुफिर्न र १०४२ एम्पुल फेनार्गन गरी ३१२६ एम्पुल मनोद्विपक पदार्थ बरामद गरेको छ ।

यस्तै, व्यूरोको टोलीले भदौ २७ गते काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ परेका अन्य ४ जनालाई पनि बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

गोकर्णेश्वरबाट पक्राउ पर्नेहरुमा सिराहाको गोलबजार नगरपालिका–४ का ४२ वर्षीय उतिम लाल साह, वडानम्बर ३ का २३ वर्षीय अशोक तामाङ, उदयपुर त्रियुगा नगरपालिका–१३ का ३४ वर्षीय सुजेन्द्र लोहनी र काभ्रेको रोशी गाउँपालिका–७ का २८ वर्षीय पेमा लामा रहेका छन् ।

उनीकाहरुको साथबाट ४१० डाइजेपाम, ३७५ फेनार्गन र ४१५ नुफिर्न गरी १२०० एम्पुल बरामद गरेको व्यूरोले जानकारी दिएको छ । उनीहरु चारैजना यसअघि विभिन्न मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्ति हुन् ।

पक्राउ परेका सातैजनालाई लागूऔषध नियन्त्रण ऐन, ०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिसकेको ब्यूरोले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*