कुलेखानी–फाखेल–हुमाने सडकखण्डमा भोलिदेखि ११ गतेसम्म सवारी आवतजावत बन्द हुने

२०७६ आश्विन २,बिहीबार १४:४८

मकवानपुर, २ असोज । कुलेखानी–फाखेल–हुमाने–फपिङ सडकखण्डमा भोलि शुक्रबार अर्थात असोज ३ गतेदेखि असोज ११ गतेसम्म सवारीसाधन आवतजावत बन्द हुने भएको छ ।

वर्षाका कारण पहिरो गएकोले पुर्ण रुपमा पहिरो फ्याक्नु पर्ने भएकोले उक्त सडकखण्डमा सवारी आवजजावत बन्द हुने भएको कुलेखानी–फाखेल–हुमाने सडक मर्मत सम्भार उपभोक्ता समितिले जनाएको छ ।

यो सडक खण्डमा सवारीसाधन चल्न नपाउने भएपछि अन्य बाटोबाट सवारीसाधन राजधानी काठमाडौँ जानुपर्ने भएको छ । वर्षाका कारण झरेका पहिरो हटाउन समितिले काम गर्नेछ । जसका कारण सवारीसाधन यो सडक खण्ड भई आवतजावत गर्न नसक्ने समितिले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*