प्रतिनिधि सभाबाट तीन विधेयक स्वीकृत

२०७६ आश्विन २,बिहीबार १४:२६

काठमाडौँ, २ असोज । प्रतिनिधिसभाको आज (बिहिबार) बसेको बैठकले राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त विभिन्न ३ वटा विधेयकलाई स्वीकृत गरेको छ ।

बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५, राहदानी विधेयक २०७५ र भूमि सम्बन्धी (आठौ संशोधन ) विधेयक २०७५ लाई राष्ट्रियसभाबाट भएको संशोधनसहित स्वीकृत गरेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २०७५ र राहदानी विधेयक २०७५ लाई बैठकले सर्वसम्मति स्वीकृत गरेको थियो भने भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ लाई बहुमतले स्वीकृत गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*