जङ्गली च्याउ खाएर एकै परिवारको ३ जनासहित ५ जना बिरामी

२०७६ आश्विन २,बिहीबार १४:१७

झापा, २ असोज । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा एक परिवारै परिवारको ३ जनासहित ५ जना बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उहाँका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका थिए ।

त्यस्तै च्याउन खाएर सोही ठाउँको बस्ने ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राईसमेत सिकिस्त बिरामी भएका छन् ।

उनीहरुलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*