डा. भट्टराईले भने, ‘दसैँपछि अल्टिमेटम दिएर सरकार छाड्छौँ’

२०७६ आश्विन २,बिहीबार १४:०४

काठमाडौँ, २ असोज । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन् ।

डा. भट्टराईले बिहिबार राजधानीमा पत्रकारहरुसँगको छलफलमा बोल्दै सो कुराको खुलासा गरेका हुन् ।

उनले अहिले आफुहरु पार्टी एकिकरण र समायोजनमा व्यस्त भएको भन्दै पार्टी एकीकरण सकिने बित्तिकै सरकारलाई एउटा अल्टिमेटम दिने र सरकारबाट बाहिर निस्कने बताए ।

उनले सविधान संशोधनप्रति सरकार गम्भीर नभएको पनि बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*