बलात्कार गरी हत्या गर्ने पण्डितसहित दुई जनालाई आजीवन काराबास

२०७६ आश्विन २,बिहीबार १३:५२

धनुषा, २ असोज । जिल्ला अदालत, धनुषाले बालिकालाई बलात्कार गरी हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२, परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई आजीवन काराबासको सजाय सुनाएको छ ।

बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन काराबाससहितको सजाय सुनाएको हो ।

झण्डै एक वर्षअघि विसं २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामाशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले रु १० को प्रलोभन देखाएर गाउँभन्दा पर लगी बलात्कार गरी हत्या गरेका थिए ।

बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा फेला परेलगत्तै प्रहरीले दुवैलाई पक्राउ गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*