हेटौँडाबाट दुई महिनाको अवधिमा दस हजारले लिए प्यान

२०७६ आश्विन २,बिहीबार ०९:२२

मकवानपुर, २ असोज । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट दुई महिनाको अवधिमा ९ हजार ६ सय ६२ जनाले स्थायी लेखा नम्बर (प्यान) र भ्याट प्रमाणपत्र लिएका छन् ।

व्यक्तिगत रूपमा पारिश्रमिकमार्फत् आयआर्जन गर्ने तथा व्यावसायिक रूपमा गरिएका अर्थोपार्जनका गतिविधिको विवरण चुस्तदुरुस्त बनाउनका लागि सरकारले जेठ १५ देखि प्यान र भ्याट अनिवार्य गरपछि प्रमाणपत्र लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

कार्यालयका नायब सुब्बा सागर पन्थीले हेटौंडा प्रदेश राजधानीसमेत भएकाले प्यान लिनेको संख्या अत्यधिक रहेको बताए । सरकारले चालू आर्थिक वर्षको बजेट भाषण गर्दा नै प्यानलाई अनिवार्य गरपछि प्यान लिने को घुइँचो लाग्न थालेको थियो । तर पनि सरकारले चालू आर्थिक वर्षको साउन १ बाट प्यान अनिवार्य आवश्यक भनेपछि हालसम्म पनि कर कार्यालयमा प्यान लिनेको भीड लागेको छ ।

पन्थीका अनुसार हालसम्म सबैभन्दा धेर व्यक्तिगत प्यान ७ हजार ३ सय ६७ जनाले लिएका छन् । त्यस्तैगरी आयकर प्यान १ हजार ४ सय ८०, मूल आयकर प्यान ६ सय २५, अन्तःशुल्क प्यान १ सय ८१ र सरकारी प्यान ९ वटाले लगेका छन् ।

गत आर्थिक वर्ष ०७५/७६ मा जम्मा ८ हजार ६ सय ७८ जनाले प्यान नम्बर लिएका थिए । चालू वर्ष भने २ महिना नपुग्दा नै ९ हजारभन्दा धेरैले प्यान नम्बर लिएको आन्तरिक राजस्व कार्यालय हेटौंडाले जनाएको छ ।

सरकारले प्यानलाई अनिवार्य रूपमा लागू गर्दा दैनिक मजदुरी गररे खानेलाई समस्या पर्ने भन्दै विरोध भइरहँदा पनि प्यान लानेको संख्या भने गत वर्षको यही अवधिको तुलनामा कैयौं गुणा बढी रहेको छ । गत वर्ष ४ हजार २ सय ७३ जनाले व्यक्तिगत प्यान नम्बर लिएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*