थाहामा तीनपांग्रे सवारी अनिवार्य रूपमा दर्ता हुनुपर्ने

२०७६ आश्विन २,बिहीबार ०९:०७

मकवानपुर, २ असोज । थाहा नगरपालिकाभित्र सञ्चालन हुने तीनपांग्रे सवारीसाधन (रिक्सा, ई–रिक्सा, अटो रिक्सा) अनिवार्य रूपमा दर्ता हुनुपर्ने भएको छ । नगर क्षेत्रमा तीनपांग्रे सवारीसाधन अव्यवस्थित रूपमा सञ्चालन हुँदा व्यवस्थापनमा समस्या भइरहेको मेयर लवशेर विष्टले बताए ।

नगरले दर्ता, सञ्चालन अनुमति, नवीकरण, भाडादर निर्धारण र पार्किङ क्षेत्र निर्धारणका लागि नगर क्षेत्रमा सञ्चालित तीनपांग्रे सवारीको खोजी गर्न थालेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पनि आफ्नो क्षेत्रभित्रका सवारी तथा यातायात व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । ‘तीनपांग्रे सवारीले जथाभावी भाडा उठाएको र अस्तव्यवस्त रूपमा सञ्चालन हुन थालेपछि नगरको सौन्दर्यलाई कायम राख्न हामीले यसो गर्न लागेका हौं,’ मेयर विष्टले भने । अब नगरका लागि कति आवश्यक संख्या हो त्यो पनि तोकिने उनले बताए ।

तीनपांग्रे सवारीका कारण दैनिकी सहज भए पनि अस्तव्यस्त र मनलाग्दी भाडा लिएको गुनासो व्यापक आउने गरकोे मेयर विष्टले बताए । पछिल्लो समय मकवानपुरको सबै स्थानीय तहमा तीनपांग्रे सवारी मनलाग्दी रूपमा सञ्चालन भइरहेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*