गृहमन्त्रीका भाइ धरौटीमा छुटे

२०७६ आश्विन २,बिहीबार ०८:३६

काठमाडौं जिल्ला अदालतले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले आपराधिक लाभ (एक्स्टर्सन) र संगठित अपराधसम्बन्धी कसुरको अभियोग लागेका नरेशलाई थुनछेक बहस सकिएपछि बुधबार एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

उनी बुधबार अपराह्न १ लाख धरौटी राखेर रिहा भएका छन् । आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेका अरू ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उक्त अभियोगमा थापासँगै पवन खड्का, सुरेन नगरकोटी बलामी, शैलेश प्रजापति, विनोद लामा, वीरबल भट्टराई र मनबहादुर पुन मगरलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गुन्डा नाइके समीरमानसिंह बस्न्यातका दुई सहयोगी पवन खड्का र सुरेन नगरकोटीका गैरकानुनी काममा नरेशको सम्बन्ध देखिएपछि उनलाई पक्राउ गरेको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*