फाखेल सडकखण्डमा यातायात सुचारु

२०७६ आश्विन २,बिहीबार ०८:१५

मकवानपुर, २ असोज । हेटौँडा–कुलेखानी सडकखण्ड अन्तरगत पर्ने इन्द्रसरोवर गाउँपालिका –२ सल्लेमा आज बिहानै अवरुद्ध भएको सडक संचालनमा आएको छ ।

उक्त सडकखण्डमा आज बिहानै माथिबाट खसेको ठूला–ठूला ढुंगाहरु खसी बाटो अवरुद्ध भएको थियो । माथिबाट खसेको ढुंगाहरु हटाई आज करिब साढे ७ बजेदेखि अवरुद्ध सडक संचालनमा ल्याएको फाखेल प्रहरी चौकीले जनाएको छ ।

उक्त सडकखण्डमा हिजो (बुधबार) राति पनि सुख्खा पहिरो गई यातायात सेवा अवरुद्ध भएको थियो ।

स्थानीयबासीहरुले दिएको सूचनाको आधारमा फाखेलका प्रहरी टोली त्यसतर्फ गई गएराति नै पहिरो हटाईएको फाखेल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भरतकुमार कुल्मीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*