मकवानपुरमा अनुमतिपत्रबिना नै सवारी चलाउने ७ हजार सवारी चालकलाई कारबाही

२०७६ आश्विन १,बुधबार १५:२६

मकवानपुर, १ असोज । ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दुई वर्षको अवधिमा ७ हजार सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा सुरक्षा जाँच गर्ने क्रममा चालक अनुमतिपत्रबिना नै सवारी चलाउने ६ हजार ६ सय ७७ जना सवारी चालकलाई कारबाही गरिएको हो ।

ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७४–०७५ मा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने ४ हजार ९ जनालाई कारवाही गरिएको थियो । उक्त कारवाहीबाट रू. २३ लाख ६८ हजार ५०० राजस्व संकलन भएको छ ।

त्यसैगरी आव २०७५–७६ मा दुई हजार ५२८ ले सवारी चालक अनुमतिपत्रबिना नै सवारी चलाएको ट्राफिक कार्यालय हेटौँडाले जानकारी दिएको छ । उक्त कारवाहीबाट रू १८ लाख ४१ हजार जरिवाना उठाइएको बताइएको छ ।

त्यस्तै चालू आवको २०७६–७७ का दुई महीनाको अवधिमा प्रहरीले १४० लाई सवारी चालक अनुमतिपत्रबिना सवारी चलाएको भन्दै कारवाही गरेको बताइएको छ । उक्त कारवाही गर्दा रू एक लाख ४० हजार राजस्व संकलन भइसकेको ट्राफिकले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*