प्रेस नेपालको उपाध्यक्षमा मनोज ढोडारी

२०७६ आश्विन १,बुधबार १५:०३

मकवानपुर १ असोज । प्रेस नेपालको केन्द्रीय उपाध्यक्षमा मकवानपुरे पत्रकार मनोज ढोडारी चयन भएका छन् ।

नयाँ शक्ति निकट नेपाल प्रेस सोसाईटी तथा संघिय समाजवादी निकट प्रेस फोरमको एकतापछि बनेको प्रेस नेपालको उपाध्यक्षमा ढोडारी चयन भएका हुन् । ढोडारी सहितको केन्द्रीय समितिले आजै पद तथा गोपनियताको सपथग्रहण समेत गरेका छन् ।

ढोडारी निरन्तर न्युज नामक अनलाईन पत्रिकामा आबद्ध छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*