७० वर्ष कटेका यात्रुलाई हवाइ भाडामा ५० प्रतिशत छुट

२०७६ आश्विन १,बुधबार १४:१५
file photo

काठमाडौं, १ असोज । पूर्ण सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले हवाइ भाडामा छुट दिन यसअघि नै सबै हवाइ सञ्चालकहरुलाई निर्देशन दिएका थिए । मन्त्री भट्टराईको यस निर्देशनलाई निजी हवाइ सञ्चालकले कार्यान्वयनमा ल्याउन नसक्ने भन्दै विरोध जनाएका थिए ।

तर सरकारी निर्देशन कार्यान्वयनमा अहिले सरकारी एयरलाइन्सनै अग्रसर भएको छ । ७० वर्ष पूरा भएको प्रमाणपत्रको आधारमा टिकटमा छुट हुनेछ ।

नेपाल एयरलाइनन्का सहप्रवक्ता सुलेख मिश्रले आजैको दिनदेखि कार्यान्वयनमा आएको जनाएका छन् ।

नेपाल एयरलाइन्सले दशैतिहारलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ पनि खुला गरिसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*