मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण निःशुल्क हुने

२०७६ आश्विन १,बुधबार १३:५५

काठमाडौं, १ असोज । मलेसिया काम गर्न जाने नेपाली कामदारले स्वास्थ्य परीक्षण गरेबापत नेपालमा तिरेको रकम मलेसिया पुगेपछि फिर्ता पाउने भएका छन् ।

काठमाडौंस्थित मलेसियन दूतावासले एक प्रेस विज्ञप्ति निकालेर कामदारको स्वास्थ्य परीक्षण निःशुल्क भएको जानकारी दिएको छ ।

दूतावासका अनुसार नेपालमा कामदारले तिर्ने रकम मलेसियास्थित रोजगारदाता कम्पनीले फिर्ता गरिदिनेछ । कामदारले नेपालमा तिरेको रकम पहिलो महिनाको तलबमा पाउने दूतावासको भनाइ छ ।

स्वास्थ्य परीक्षणको शुल्क ४ हजार ५ सय, बायोमेडिकल सेवा शुल्क २८ सय रुपैयाँ र नेपाल सरकारलाई बुझाउनुपर्ने भ्याट शुल्क ३ सय ६४ रुपैयाँ गरी कुल ७ हजार ६ सय ६४ रुपैयाँ तोकिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*