कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

२०७६ आश्विन १,बुधबार १३:२७

काठमाडौं, १ असोज । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भरत सुनार १७ वर्षपछि पक्राउ परेका छन् ।

नुवाकोट ककनी गाउँपाकिा–५ घर भइ चितवनको राप्ती नगरपालिका–७ मा बस्दै आएका ५८ वर्षीय सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले भवानी बजारबाट पक्राउ गरेको हो ।

सुनारले२०५९ पुस २० गते नुवाकोटको साविकको ककनी गाविस–७ सिम्ले (हाल ककनी गाउँपालिका–५) की ७० वर्षीया पदमकुमारी गुरुङलाई ढुंगाले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*