काँग्रेसले आजको संसद बैठक पनि अवरोध गर्ने

२०७६ आश्विन १,बुधबार १२:२७

काठमाडौँ, १ असोज । नेपाली काँग्रेसले आज बस्ने संसद बैठक अवरोध गर्ने भएको छ ।

जागरण अभियानका क्रममा नेपालगञ्जमा गत साता भएको आक्रमण र त्यसमा संलग्नहरुलाई कारवाही गर्न सरकारले वेवास्ता गरेको भन्दै काँग्रेसले सोमबारको बैठक पनि अवरोध गरेको थियो ।

घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा जवाफ दिएपनि काँग्रेसले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

‘आजको बैठक चल्ने नचल्ने सरकारमा निर्भर पर्छ । हामी चित्तवुझ्दो जवाफ आओस् भन्ने पक्षमा छौ’ नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भूषालले भनिन् ‘ हामीले हाम्रो निर्णय परिवर्तन गरेका छैनौँ ।’


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*