मकवानपुरमा एक हजार ७० जनालाई डेंगु

२०७६ आश्विन १,बुधबार ०८:४२

मकवानपुर, ०१ असोज । मकवानपुरमा मंगलबारसम्म एक हजार ७० जना डेंगुका रोगी फेला परेका छन् । ३ हजार २ सय ५ जनाको रक्त परीक्षणपछि एक हजार ७० जना डेंगका बिरामी फेला परेका हुन् ।

हेटौँडामा साउनको पहिलो सातादेखि डेंगुका बिरामी फेला परेका थिए । करिब ६० दिनकाबीचमा झन्डै ११ सय रोगी फेला परेका छन् ।

हेटौंडा अस्पतालका डा. हरि खड्काले भने, ‘डेंगुका रोगी अहिले चिकित्सकहरूसँग सल्लाह गरेर मात्र उपचार गर्ने गरेका छन्, आत्तिन पनि छाडे का छन ।’ उनी पनि सुरुमा डेंगुबाट संक्रमित भएका थिए ।

हेटौडाका डेंगु संक्रमितहरू रगत परीक्षण गराएर चिकित्सकको सल्लाह लिएर घरमा नै बसेर उपचार गराइरहेका छन् । अस्पतालहरूमा बेड अभाव छ । अस्पताल भवनको प्यासेज र भुइँमा बिरामीको उपचार गराइरहेका छन् ।

‘डेंगु नियन्त्रण गर्न घरपरिवार, टोल, समाज नै सक्रिय हुनुपर्छ,’ हेटांैडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले भने, ‘सरकारी निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगै घरपरिवार, टोल र समाज सक्रिय
नभएसम्म डेंगु नियन्त्रण गर्न सकिन्न ।’

गाउँपालिकाद्वारा तीन हजार मकवानपुरका दुई गाउँपालिकाले डेंगुका रोगीलाई उपचारका निम्ति ३ हजार रुपैयाँ दिने भएको छ । मनहरी गाउँपालिकाले रगत परीक्षणपश्चात् डेंगु प्रमाणित गरी गाउँपालिकामा आएमा उपचारका लागि गापाले तीन हजार रुपैयाँ दिने भएको छ ।

यसैगरी, राक्सिराङ गाउँपालिका डेंगु रोग भएको शंका लागेर मनहरी, हेटौंडा र चितवन जानुपर्ने व्यक्तिलाई खाना लागि तीन हजार रुपैयाँ उपलब्ध गराउने गापा अध्यक्ष राजकुमार मल्लले बताए ।

उक्त गापामा चार वटा स्वास्थ्य चौकी मात्र छन् । गाउँपालिकाले स्वास्थ्य चौकीका डेंगु पहिचान गर्न सजिलो होस् भनेर ३०÷३० थान डेंगु परीक्षण किट उपलब्ध गराएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*