नेपाल आइडल सिजन–३ भदौ ३१ गतेबाट सुरु हुने

२०७६ भाद्र ३०,सोमबार १६:३१

मकवानपुर, ३० भदौ । नेपाल आइडल सिजन–३ यही भदौ ३१ गतेबाट सुरु हुँदैछ ।

एपी वान एचडी टेलिभिजनबाट प्रशारण हुने उक्त अडिसनमा १६ बर्षदेखि ३० वर्षसम्म उमेरका युवा–युवतीले निःशुल्क प्रतिस्प्रर्धा गर्न पाउनेछन् ।

प्रतियोगिताका लागि संगीतकार न्यु बज्राचार्य, कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी निर्णायक रहेका छन् ।

अडिसन भदौ ३१ गतेबाट सुरु भई कात्तिक २ गतेसम्म संचानल हुने भएको छ । अडिसन यही भदौ ३१ गते पोखरा, आगामी असोज ३ गते बुटवल, असोज ६ गते वीरगञ्ज, असोज १४ गते विर्तामोड र कात्तिक २ गते काठमाडौंमा हुने भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*