बाल दिवसको अवसरमा सडक नाटक प्रर्दशन

२०७६ भाद्र ३०,सोमबार ०९:२०

मकवानपुर, ३० भदौ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेस्थित पशुपतिनाथ माविका विद्यार्थीले आईतबार बालबिवाहबिरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन् ।

४० औं राष्ट्रिय बाल दिवसको अवसरमा बाल बिवाह रोकथाम तथा समाजमा भएका सामाजिक विकृति–विसंगतीलाई छाडेर सकरात्क बाटोतर्फ उन्मुख गराउने उद्देश्यले सो नाटक प्रर्दशन गरेका हुन् ।

 

कार्यक्रममा विव्यसका अध्यक्ष माधव गौतम, प्रधानध्यापक भानुभक्त आचार्य, विद्यालयका शिक्षक–शिक्षिकालगायत अन्य विद्यार्थीहरुको सहभागीता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*