मलेसियाको बन्द रोजगारी खुल्यो, एकैपटक ५० हजारलाई रोजगारीको अवसर आउने सम्भावना

२०७६ भाद्र २९,आईतवार १५:५१

काठमाडौं, २९ भदौ । मलेसिया र नेपालबीच भएको श्रम समझदारी कार्यान्वयनमा लैजाने सहमति भएसँगै मलेसियाको बन्द रोजगारी खुलेको छ ।

म्यानपावर व्यवसायीको अनुमानलाई आधार मान्ने हो भने अब तत्काल एकैपटक मलेसियाबाट ४० देखि ५० हजार कामदारको माग नेपाल आउन सक्छ ।

दशैंअघिदेखि नै कामदारको माग आउन थाल्ने भएकाले अब दशैंपछि मलेसिया जाने नेपालीको लर्को लाग्ने अनुमान व्यवसायीको छ ।

विशेषगरी सेक्युरेटी गार्डको माग अब ह्वात्तै बढ्ने अनुमान छ । मलेसियाले सेक्युरिटी गार्डमा नेपाली कामदार मात्रै लिने गरेको छ ।

१५ महिना श्रम स्वीकृति बन्द भएको थियो । अब केही दिनमा मलेसियास्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण सुरु हुनेछ । त्यसपछि कामदाको नयाँ माग आउने छ ।

यसअघि म्यानपावरहरुले मलेसियाका लागि ल्याएका पूर्वश्रम स्वीकृतिमा पनि अब कलिङ भिसा आएपछि अन्तिम श्रम स्वीकृति दिन थालिने वैदेशिक रोजगार विभागले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*