आगामी असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्म हवाई भाडामा १० प्रतिशत छुट

२०७६ भाद्र २९,आईतवार १५:३७
file photo

काठमाडौं, २९ भदौ । आगामी असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्म हवाई भाडामा यात्रुले १० प्रतिशत छुट पाउने भएका छन् । दशैंलाई लक्षित गर्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले हवाई भाडामा १० प्रतिशत छुट दिने निर्णय लिएको हो ।

आयोनको आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

‘टिकट आजै खरीद गरे पनि उड्ने दिन असोज १२ गतदेखि कात्तिक १७ गतेभित्र पर्नु पर्‍यो, टिकटमा १० प्रतिशत छुट पाइन्छ,’ आयोनका सदस्य प्रज्ववल थापाले भने । १२ असोज देखि १७ कात्तिकसम्म दशै‌, तिहार, छठलगायतका चाड पर्छन् ।

बिमानस्थल कर र इन्धनको मूल्यमा बाहेक बायुसेवा कम्पनीले लिने भाडामा छुट दिन लागिएको आयोनका अध्यक्ष क्या. रामेश्वर थापाको भनाइ छ । पछिल्लो समय वायुसेवा कम्पनीहरुले निरन्तर जहाज थप गर्दै गएका कारण दशैं, तिहार तथा छठ पर्वसम्म पनि आवश्यकता अनुसार हवाई टिकट उपलब्ध हुने कम्पनीहरुको बताएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*