मेयरको कार्यकक्षमा आगजनी

२०७६ भाद्र २९,आईतवार १५:१७

कैलाली, २९ भदौ । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा आगजनी भएको छ ।

आगजनीबाट मेयरको कार्यकक्षमा रहेका कुर्ची, टेबल, राष्ट्रिय झण्डा लगायतमा समानमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

कार्यकक्षमा रहेका अन्य कागजातमा भने कुनै क्षति भएको छैन । मेयरको कार्यकक्ष बाहेक अन्य कोठामा त्यस्तो कुनै शंकास्पद कार्य नभएको बताइएको छ ।

आगो के कति कारणले भएको हो त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*