मनसुन पुनः सक्रिय

२०७६ भाद्र २९,आईतवार १४:३३

काठमाडौं, २९ भदौ । मनसुन पुनः सक्रिय भएकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको मौसमविद् शान्ति कँडेलले बताए ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भई मध्यको पहाडी भेगलगायत पूर्वी तथा पश्चिमी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन–चट्याङसहितको वर्षा हुनाका साथै मध्य तथा पूर्वी भू–भागका एक–दुई स्थानमा भारी र पहिरो जान सक्ने सम्भावना रहेकोले सतर्कता अपाउन पनि आग्रह गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*