मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको मृत्यु

२०७६ भाद्र २९,आईतवार १४:१४

बाँके, २९ भदौ । बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो ।

भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको चरम लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पु¥याएपछि जीवित देखिँदा शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

६०० ग्राम तौल रहेको महीना नपुगी जन्मेको शिशु (छोरी) को अस्पतालको सघन उपचारकक्षमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

शिशुको मृत्यु भएपछि परिवार र आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा आन्दोलनसमेत गरेका छन् । अस्पतालको चरम लापरवाहीका कारण उपचारार्थ शिशुको मृत्यु भएको उनीहरुको आरोप छ ।

शुक्रबार बिहान प्रसूतिकक्षमा खटिएका नर्सहरूले जीवितै रहेको नवजात शिशुको मृत्यु भइसकेको घोषणा गरेका थिए । जाजरकोट, छेडागाड नगरपालिका–९ की २० वर्षीय कमला अधिकारीले शुक्रबार बिहान शिशु जन्माएकी थिइन् । सामान्य अवस्थामा जन्मिएको शिशु केही घण्टापछि शिशुको मृत्यु भइसकेको भन्दै प्रसूतिकक्षमा कार्यरत कर्मचारीले अभिभावकलाई बुझ्न लगाएका थिए ।

अस्पतालले ज्यूँदै शिशु मरेको भनेर कमलाका पति मिलन अधिकारीलाई कागजातमा हस्ताक्षर गराएर सदगत् गर्न बुझाएको थियो । मृत्यु भइसकेको भनिएको शिशुलाई गाड्न अस्पतालका कर्मचारीले दुई हजार मागेपछि अधिकारीले रकम नदिने भन्दै नेपालगञ्ज बुलबुलियास्थित हिन्दू मसानघाट लगेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*