लागूऔषध कारोबारमा संलग्न हेटौँडाको ३ जना पक्राउ

२०७६ भाद्र २९,आईतवार १३:१८

मकवानपुर, २९ भदौ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित सडकखण्डमा अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अवैध लागूऔषधसहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. २ बस्ने २३ वर्षिय रोनिश तिमल्सिना, २३ को राजेन्द्र थापा मगर र हेटौँडा ५ पिप्ले बस्ने २९ वर्षिय एरिस परियारलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट लागूऔषध फेनारगन ९ एम्पुल, नुफिन ९ एम्पुल, डाईजोपाम १० एम्पुल बरामद गरेको छ ।

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ह १११६ नं. को अटोलाई रोकी चेकजाँच गर्दा अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*