लागूऔषध गाँजा र चरेशसहित मकवानपुरबाट ५ जना पक्राउ

२०७६ भाद्र २९,आईतवार १०:४६

मकवानपुर, २९ भदौ । प्रहरीले मकवानपुरको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजा र चरेशसहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित सडकखण्डबाट १० पोका लागूऔषध चरेशसहित ३ जना र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ४ स्थित कालिका दोभानबाट लागूऔषध गाँजा १२ केजी ४०० ग्रामसहित २ जना गरी ५ जनालाई पक्राउ गरेको हो ।

हेटौँडाबाट भार बिहार जिल्ला मुजप्फरपुर जिरोमाईल रोड दादर बस्ने २८ वर्षिय शिवराज सिंह, २४ वर्षिय ज्ञानीकुमार पासवान र भारत बिहार जिल्ला शिवहरी तरिहानी छपरा बस्ने २४ वर्षिय राजु महतालाई १० पोका चरेशसहित प्रहरीले भदौ २८ गते शनिबार पक्राउ गरेको हो ।

हेटौँडाबाट बिरगंजतर्फ जाँदै गरेको वि.आर. ०१ पि.एफ. ७९९८ नं. को भारतीय कारलाई उक्त स्थानमा रोकी चेकजाँच गर्ने क्रममा कारको अगाडीपट्टि एसीको भागमा फल्स बटम बनाई लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध चरेशसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै प्रहरीले राक्सिराङबाट मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ८ बस्ने २६ वर्षिय राजुकुमार थिङ र सोही ठाउँ बस्ने २१ वर्षिय दिपेश थिङलाई उक्त लागूऔषध गाँजासहित भदौ २७ गते शुक्रबार पक्राउ गरेको हो ।

राक्सिराङ गाउँपालिका–४ स्थित शंकास्पद अवस्थामा हिडिरहेको उनीहरुलाई कान्द्राङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । दुबै घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरलदे जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*