धर्मपथ टोल विकास संस्थाको ८ औं बार्षिक साधारणसभा सम्पन्न

२०७६ भाद्र २९,आईतवार १०:०४

मकवानपुर, २९ भदौ । हेटौँडा–९ स्थित रहेको धर्मपथ टोल विकास संस्थाको ८ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता तथा वडा नं. ९ का वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका सामाजिक महाशाखाका प्रमख भैरव कुमाल, गणेश हनुमान टोलविकास संस्थाको अध्यक्ष रमिला सापकोटा, नारायणी बहुउद्देश्य सहकारी संस्थाका सचिव नारायण खतिवडा, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष पौडेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजु राजन सिंहले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*