अशोकबाटिकाको ऋण लगानी ३ करोड ४४ लाख

२०७६ भाद्र २९,आईतवार ०९:३५

मकवानपुर, २९ भदौ । हेटौंडा १७ मा रहेको अशोकबाटिका बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ३ करोड ४४ लाख ३९ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

सहकारीको शनिबार सम्पन्न भएको १४ औँ वार्षिक साधारणसभामा सहकारी संस्थाका अध्यक्ष योगनाथ दंगालले सहकारीले एक वर्षमा ३ करोड ७५ हजार रुपैयाँ बचत संकलन गरेको जानकारी दिए ।

७ सय ८० जना शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी ५८ लाख ५० हजार रहेको साधारणसभामा जानकारी दिईएको छ ।

एक वर्षमा सहकारीले ४ करोड रुपैयाँ बराबरको कारोवार गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाको अवसरमा सहकारीले असल बचतकर्तातर्फ घमराज तिमल्सिना र सरस्वति कार्की, असली ऋणीमा निर्मला महत र मीना चौलागाई, ज्येष्ठ शेयर सदस्यतर्फ कृष्णप्रसाद खतिवडा र रुद्रकुमारी गौतमलाई सम्मान गरेको छ ।

त्यसैगरी, लघुवित्त समूहतर्फ गैरीगाउँ लघुवित्त समूह र कलश लघुवित्त समूहलाई सम्मान गरेको छ ।

२०७५ सालको एसईई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीमा आरती राई, अनिषा सापकोटा, पूर्णिमा बजगाई, रञ्जन घोरासैनी र बाल बचततर्फ आकृति चौलागाईलाई समेत सम्मान गरिएको थियो ।

सहकारीले सहकारी संस्थाको समाचार प्रकाशन प्रशारणमा सहयोग पु¥याएमा प्रदेश दैनिक र रेडियो मकवानपुरमा कार्यरत विजय पौडेललाई पनि सम्मान गरेको छ ।

कार्यक्रम मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विजयबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा हेटौँडा–१७ का वडाअध्यक्ष भैरवबहादुर राई, नेफ्स्कुन मकवानपुर फिल्ड इन्चार्ज ज्योति महत, चिसापानी सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा, चेतनशिल दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष महेश बजगाई, संस्थाका सल्लाहकार जयप्रकाश घिमिरे, शेयर सदस्य जुना बजगाईलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*